• असोज २२, २०८१
  • जुनकिरी खबर

इटहरीमा घाँटी रेटेर महिलाले गरिन आत्महत्या

alt

इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । मंगलबार (आज) साँझ ६ः१० बजेतिर इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी हुन् ।

घाँटी रेटिएको अवस्थामा फेला परेपछि स्थानीय निलु रसाइली (रायमाझी)लाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् । उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ३९ वर्षीया निलुले आफैँले चक्कुले घाँटी रेटेको अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो ।
 

चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]