• भदौ ११, २०७६
  • जुनकिरी खबर

१२ वर्षपछि काठमाडौं-जापान सिधा उडान

alt

नेपाल वायुसेवा निगमको वाइडबडी विमान ९५ यात्रु र ५६ अतिथिसहित बुधबार राति २:३० बजे जापानको ओसाका उड्दै छ । १२ वर्षपछि निगमले पुन: काठमाडौंबाट जापानको ओसाका सिधा उडान गर्न लागेको हो ।

जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत्र २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कार्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।


निगमको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालका अनुसार, पहिलो उडानमा टिकट खरिद गरेर जाने यात्रुको संख्या साँझसम्म ९५ पुगेको छ । यात्रुबाहेक निगमले आफ्नै खर्चमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ५ जना सांसद, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगमको सञ्चालक समिति सदस्य अच्युतराज पहाडी, अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, २० जना ट्राभल तथा कार्गो सेल्स एजेन्ट, निगमका नायब महाप्रबन्धक गणेश चन्द, वाणिज्य विभागका निर्देशक दाहाल, अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चन, निगमलाई वित्तीय सहयोग गर्ने हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकका तीन जना प्रतिनिधि, सोल्टी होटलका महाप्रबन्धक उपल मजुम्दार नागरिक उड्डयन प्राधिकरणका ४ जना कर्मचारी र ३ जना सञ्चारकर्मीसहित ५६ जनालाई लैजाँदै छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]