• कार्तिक १५, २०८१
  • जुनकिरी खबर

राष्ट्रिय जागृति क्लब इटहरीद्धरा संञ्चारकर्मी पुरी सम्मानित

alt

राष्ट्रिय जागृति क्लब इटहरीले २०२३ सालदेखि निरन्तर गर्दै आएको स्रष्टा सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । खेलकुद र गीत सङ्गीतको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय जागृति क्लबले काग तिहारको दिन हरेक वर्ष स्रष्टा सम्मान गर्दै आएको छ ।

यो वर्ष क्लबले वरिष्ठ लोक गायिका तारा थापालाई स्रष्टा सम्मान गरेको हो । यस्तै क्लबले इटहरीको शिक्षा क्षेत्र र पत्रकारितामा योगदान पुर्‍याएका दुई जनालाई पनि सम्मान गरेको छ । क्लबले २० वर्षदेखि इटहरीलाई कार्य थलो बनाएर पत्रकारिता गरिरहेका  इटहरी सञ्चार नेटवर्क प्रालीका अध्यक्ष तथा नेपाल प्रेस  कोशी प्रदेश सम्वाददाता सुमन पुरी र शिक्षा तर्फ पशुपति सिग्देललाई सम्मान गरेको हो । सिग्देल इटहरी स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । 

क्लबले हरेक वर्ष झैँ यस पटक पनि खेल क्षेत्रका विभिन्न विधाका खेलाडीहरूलाई समेत पंशासा पत्र प्रदान गरेको छ । इटहरीमा घर भएका क्रिकेट खेलाडी भूपाल लुइँटेल, फुटबल खेलाडी सविन घिमिरे , तेक्वान्दो  तर्फ ऋिसीका बुढाथोकीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

लुइँटेलले कोशी प्रदेशका तर्फबाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका छन् भने सविन अन्डर २० राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । यस्तै ऋषिका भने सार्क देशहरूको विद्यालयहरूको प्रतियोगितामा गोल्ड मेडलिष्ट हुन् । यस्तै क्लबले नव प्रतिभाको रूपमा सिमला धिताललाई पनि प्रशंसा  पत्र प्रदान गरेको छ । सिमला यस सिजनको भ्वाइस अफ किड्सकी फाइनलिष्ट हुन् । 

यसै बिच क्लबले आयोजना गरेको इटहरी उप महानगरपालिका स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा राष्ट्रिय मावि इटहरी प्रथम भएको छ । यस्तै कस्तुरी मावि दितिय र पिस जोन स्कुल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, तृतीय  हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गरे । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]