• कार्तिक २०, २०८१
  • जुनकिरी खबर

तिहारको अवधिमा सुनसरीबाट ३१ जना जुवाडे पक्राउ

alt

तिहारको अवधिमा सुनसरी प्रहरीले ३१ जना जुवाडेलाई पक्राउ गरेको छ । तिहारको समयमा जिल्लाका विभिन्न स्थानमा जुवा तास खेल्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 
सुनसरीको वराहक्षेत्र नगरपालिका  ३ नडाहाबाट  १५ जना र इनरुवा नगरपालिका ६ मधेसाबाट १६ जना जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 
 
मधेषामा जुवा तास खेल्नेहरूको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र वराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।  कार्त्तिक १७ गते राती मधेषाबाट पक्राउ परेका १६ जना र कार्तिक १८ गते बिहान नडाहाबाट पक्राउ गरिएका १५ जनालाई मङ्गलवार ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
 
सुनसरी जिल्ला अदालत बन्द भएका भएका कारण दुई दिन अघि पक्राउ गरिएको भए पनि उनीहरूलाई म्याद थप गर्न सकिएको थिएन । तिहारको मङ्गलवारबाट खुलेसँगै उनीहरूलाई अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]