• मंसिर २, २०८१
  • जुनकिरी खबर

इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

alt

इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
 
इटहरी रङ्गशाला परिषरको कवर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।
करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 
 
प्रदेशका विभिन्न जिल्लाका धेरै खेलाडीहरू बिच प्रतिस्पर्धा हुँदा क्षमतावान् खेलाडी निस्कने भएकाले विगतका वर्षहरूमा नगर स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको डोजाङले यस वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले जानकारी दिए । तेक्वान्दोका विभिन्न राष्ट्रिय तथा अन्ताराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको इटहरीमा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दा स्थानीय सरकारको सहयोग नपाएको गुरुङले बताए ।
 
इटहरीकै अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई गत साता काजकिस्तानमा भएको विश्वभरिका खेलाडीहरू सम्मिलित परीक्षामा उत्तीर्ण भई पुम्से विधामा नेपालकै पहिलो निर्णायक बन्न सफल भएकी थिइन ।
यस्तै बिद्या राईले पनि गेरोगी अर्थात् फाइटीङ विधामा अन्ताराष्ट्रिय रेफ्रीको मान्यता पाएको कोसी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष शिबराज दाहालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]