• मंसिर ११, २०८१
  • जुनकिरी खबर

कोशीमा पहिचान पक्षसँग वार्ता गर्न समिति गठन

alt

कोशी प्रदेश योजना आयोग सदस्यमा ४ जना मनोनित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एमालेबाट २ र माओवादी केन्द्रबाट २ जना मनोनित गरेको हो ।

योजना आयोगका सदस्यमा एमाले कोटामा काठमाडौंका डा। सिताराम बस्नेत, धरानका किसोर कुमार राई मनोनित भएका छन् । राई जनवादी गायक हुन् । उनको स्वरमा रहेको खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउदा बोलको गीत चर्चित छ । 

योजना आयोगमा माओवादी केन्द्रको कोटामा धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपाने मनोनित भएका हुन् ।

योजना आयोगको उपाध्यक्षमा भने यसअघि नै एमाले निकट डाक्टर राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् । 

सोमबारको मन्त्रिपरिषद्‌ बैठकले कोशी प्रदेशमा नामको विरुद्ध आन्दोलन गरिरहेको पहिचान पक्षधर र अन्य समूहसँग वार्ता गर्न समिति पनि गठन गरेको छ ।  मन्त्रिपरिषद्‌ बैठकले वार्ता समितिको नाम भने राजनीतिक तथा शान्ति वार्ता टोली राखेको छ ।

टोलीको संयोजकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर छन् । सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसद उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी छन् ।

सदस्य सचिव आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]