• मंसिर ११, २०८१
  • जुनकिरी खबर

सुनसरीबाट चार हजार रुपैयाँ नक्कली नोटसहित दुई पक्राउ

alt

सुनसरीमा प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

उनकाअनुसार पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराव रहेका छन् ।

 

उनीहरूको साथबाट प्रहरीले एक हजार दरको चार थान नक्कली नोट बरामद गरेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार सोमबार राति साढे ८ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएका थिए ।

उक्त नोट नक्कली रहेको शंका लागेर पसल धनीले तत्काल प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट दुई थान र सामान किनेको दुईओटा पसलबाट एक-एक थान एक हजार दरको नेपाली रुपैयाँको नक्कली नोट बरामद गरेको थियो ।

 

नक्कली नोटसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरी रंगशालाबाट सुर ...

जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै ...

तीन दिन सीमानाका बन् ...

सीमावर्ती बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत ...

यातायात कार्यलय बन्द ...

जनजी आन्दोलनका कारण बन्द भएका यातायात व्यवस्था कार्यालयहरुको जरिवाना मिनाहा हुने भएको छ । कोशी प्रदे ...

झुम्का कारागारबाट भा ...

भदौ २४ गते जेनजी आन्दोलनपछि सुनसरीको झुम्का कारागारबाट एकैपटक बाहिरिएका कैदीबन्दीमध्ये धेरैले आत्मसम ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]