• मंसिर २३, २०८१
  • जुनकिरी खबर

किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्षमा पुनः राजेन्द्र राई निर्वाचित

alt

किरात राई यायोक्खा सुनसरी जिल्ला समितिको शनिवार भएको अधिवेशनले अध्यक्षमा पुनः राजेन्द्र राईलाई निर्वाचित गरेको छ । अधिवेशनमा कार्यसमिति सहमतीय आधारमा पुनर्गठन भए पनि अध्यक्ष र सहसचिव पदमा निर्वाचन भएको हो ।

निर्वाचनमा अध्यक्ष राजेन्द्रले ८४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी चन्द्रकला राईले ५४ मत प्राप्त गरिन् । निर्वाचन प्रमुख अर्जुन जम्नेली राईका अनुसार सहसचिवको ३ पदमा ४ जना  उम्मेदवार भएकाले निर्वाचन गरिएको थियो । निर्वाचनमा चन्द्र बान्तवा राईले १११ मत, इन्दिरा राईले १०१ मत र केशव राईले ९१ मत ल्याई विजयी भए । दुर्गा कुमारी राईले ८१ मत प्राप्त गरिन् ।

अन्य पदाधिकारी निर्विरोध निर्वाचित भए । २३ सदस्यीय कार्यसमितिमा उपाध्यक्षद्वय सबित्रा राई, यलमहाङ राई, कोषाध्यक्ष मेनुका राई र सह कोषाध्यक्ष तेज बान्तवा राई चयन भए ।

सदस्यहरूमा विकास चाम्लिङ राई, क्षितिज राई, खगेन्द्र राई, कृपा राई, केदार सोनाहाङ राई, मालती राई, राजकुमार मेवाहाङ राई, सागर राई, रुपा राई, जानुका राई, लालबहादुर राई, मिलन राई, शिव कुमार राई, जितेन्द्र राई, समति राई रहेका छन् ।

निर्वाचन समितिमा संयोजक अर्जुन  जुम्नेली राई तथा सदस्यहरूमा नागेश चन्द्र राई, मान भगत राई, राम मण्डपा राई, दिनेश राई थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]