• पुस ६, २०८१
  • जुनकिरी खबर

प्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउँदै

alt

नेपाल जेसिजका ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउँदै छन् । इटहरीमा आजबाट सुरु हुने महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली १२ बजे विराटनगर पुग्ने कार्य तालिका रहेको छ । उनले एक बजे नेपाल जेसिजको महाधिवेशनको उद्घाटन  गर्ने तयारी छ ।
 
माहाधिबेशन आयोजक समितिका निर्देशक दीपक ढकालले  इटहरी जेसीजको आतिथ्यमा हुने राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनमा देशभरका १७८ शाखाबाट २ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछ । 
 
महाधिवेशनमा  १ हजार २ सय ४६ जना प्रतिनिधिले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।महाधिवेशन मार्फत सन् २०२५ का लागि राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू चयन हुँदै छन् ।
 
अध्यक्षको लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेश चन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा छन् ।
 
नेतृत्व चयनको लागी सोमबार मतदान हुने भएको छ । उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा इटहरी जेसीजका अध्यक्ष सुमन सुबेदीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]