• पुस १३, २०८१
  • जुनकिरी खबर

इटहरी कार्यपालिका बैठक :८० लाख अपचलन बारे विवाद

alt

इटहरी उपमहानगरपालिकाको १४२ औँ कार्यपालिका बैठक समापन नभई १४३ औँ बैठक सुरु भएको छ । स्थगित भएकै बैठकको निरन्तरता हुनुपर्ने कार्यपालिका सदस्यको माग बेवास्ता गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले १४३ औँ बैठक सुरुवात गरेका हुन् ।

गत असोज ११ गते शुक्रवार राती १० बजेसम्म चलेको १४२औँ बैठक एक साताका लागि स्थगित भएको थियो । स्थगित भएको सोही बैठक सुरु गर्नुपर्ने भए पनि पछि १३ हप्तापछि नयाँ बैठक बसेको हो । बैठकको सुरुवातमै पुरानै बैठकको निरन्तरताको विषयमा चर्काचर्की भएको थियो ।

गत असोजको बैठकमा शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापकले ८० लाख अपचलन गरेको सम्बन्धमा २ घण्टासम्म छलफल भए पनि निर्णय हुन सकेन । प्रधानाध्यापक कमल तिम्सीनाले ८० लाख अपचलन गरेको र उनीमाथि कारबाही हुनुपर्ने कार्यपालिका सदस्यको माग सम्बोधन नभएपछि बैठक स्थगित भएको थियो ।  

थप तयारी गर्नुपर्ने र अन्य एजेन्डामा पनि तयारीका साथ आउन कार्यपालिका सदस्यलाई मेयर पौडेलले आग्रह गरेका थिए । प्रधानाध्यापकको पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मेयर पौडेल र एमाले सम्बद्ध कार्यपालिका सदस्य बिच मत बाझिएपछि निर्णय हुन सकेको थिएन । 

शुक्रवारको कार्यपालिका बैठक अगावै शिक्षा तथा खेलकुद शाखाबाट प्रधानाध्यापकको जिम्मेवारी बाट हटाएको पत्र सार्वजनिक भयो । कार्यपालिकामा उठेको विषयमा निर्णय नभई शाखाबाट पत्राचार हुनुले कार्यपालिका अपहेलित भएको सदस्यहरूले बताए । पछि शिक्षा समितिबाट टुङ्गो लगाउने सहमति सहित १५ मिनेटको लागि बैठक स्थगित भयो ।

१४२ औँ कार्यपालिकाको निर्णय सदस्यले नपाएको भन्दै विवाद भयो तर २ लाख घुस मागेको विषयमा भने छलफल नै भएन । पकली माविका व्यवस्थापन समिति अध्यक्ष विनोद झाले शिक्षक सरुवामा दुई लाख घुस मागेका थिए । कपुरी न्युजले घुस मागेको अडियो सार्वजनिक गरेपछि सार्वजनिक वृत्तमा आलोचना भएको थियो । 

वडा शिक्षा समितिले कारबाही गरे पनि लामो समय उपमहानगरपालिका मैन रह्यो । विवाद बढ्दै गएपछि उपमहानगरपालिकाको शिक्षा शाखाले थप काम कारबाही नगर्न सचेत गराउँदै पत्र पठायो । तर प्रत्यक्ष घुस मागेको प्रमाण हुँदाहुँदै पनि उपमहानगरपालिकाको कार्यपालिका बैठकमा छलफल समेत भएन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]