• पुस २६, २०८१
  • जुनकिरी खबर

‘धरान एक्स्पो २०८१’ सुरू

alt

पौष २५ गतेदेखि धरान रंगशालामा ‘धरान एक्स्पो २०८१’ सुरू भएको छ। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भएको एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे ।

उद्घाटन समारोहमा संघका पदाधिकारी, स्थानीय नेताहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले व्यापारिक प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने, “एक्स्पोले स्थानीय उद्योग–व्यवसायलाई बलियो बनाउन र आर्थिक मन्दी चिर्न महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको छु। यो पहलले समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि गति दिनेछ भन्ने अपेक्षा छ।”

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आर्थिक मन्दीको समयमा यस्ता गतिविधिले उद्योग–व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए ।

एक्स्पोमा करिब एक सय पचास वटा स्टलहरू छन् । स्टलहरूमा घरेलु उत्पादन, उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स, र स्थानीय उत्पादनहरू बिक्रीका लागि राखिएका छन् भने मनोरञ्जनका लागि विशेषतः रोटेपिङ, ड्रागन ट्रेन, बालबालिकाका खेल सामग्रीहरू र साँझ सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ।

दिउँसोको समयमा विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर रोटेपिङ र अन्य मनोरञ्जनात्मक खेलमा विशेष छुट पाउनेछन् । साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ। एक्स्पो माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]