• माघ २२, २०८१
  • जुनकिरी खबर

इटहरीमा प्रणामी अस्पताल बैशाखबाट सञ्चालनमा आउने

alt

इटहरीको मंगल राधिका सदानन्द प्रणामी अस्पताल आगामी बर्षको बैशाखबाट सञ्चालनमा आउने भएको छ । 

२०८२ सालको बैशाख १ गते अस्पतालको उद्घाटन गरिने श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीले जानकारी दिएको छ । अस्पतालको उद्घाटन स्वामी १०८ सदानन्द महाराजबाट हुनेछ । 

मंगलबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिइएको हो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीको ४६ औँ बार्षिक उत्सवको अवसर पारेर अस्पतालको उद्घाटन गरिनेछ । सोही अवसरमा श्री १०८  पाठ परायण अन्तराष्ट्रिय महोत्सव पनि आयोजना गरिने महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष हेम प्रसाद घिमिरेले जानकारी दिए । 

स्वामी श्री १०८ डा. सदानन्द महाराजजीको सहयोगबाट निर्माण गरिएको १५ सैयाको अस्पतालले  २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने अस्पताल निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका घिमिरेले जानकारी दिए । 

दर्ता १५ सैयाको भएपनि अस्पतालले २५ वेडको सेवा दिने गरी व्यवस्था मिलाइएको  पत्रकार सम्मेलनमा जानकारी दिइयो । अस्पतालमा एमडी एक जना र २ जना एमबिबिएस डाक्टरले २४ सै घण्टा सेवा दिनेछन् । अस्पतालले धरानको वीपी अस्पतालकै शुल्क बराबर हुने गरी आधुनिक ल्याब तथा फार्मेसी सेवा पनि प्रदान गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए । 

श्रीकृष्ण प्रणामी मन्दिरको ४६ औँ बार्षिक उत्सवको अवसरमा श्री १०८ पारायण अन्तराष्ट्रिय महोत्सव पनि आयोजना गरिनेछ । चैत्र २४ गते देखी २०८२ साल बैशाख १ गते सम्म  महोत्सव आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]