• माघ २५, २०८१
  • जुनकिरी खबर

इटहरीका मेयर र एमाले बिच मौखिक सहमति

alt

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नेकपा एमालेका जनप्रतिनिधि बिचको विवाद तत्काललाई समाधान भएको छ । मेयर पौडेलको कार्यकक्षमा ताला लगाउने तयारी गरेको एमाले जनप्रतिनिधि सँगको मौखिक सहमतिमा विवाद समाधान भएको हो ।
 
तत्काल प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता बिदामा बसेकाले आइतबार लिखित सहमति गर्ने प्रतिबद्धता सहित बिहीबारको वार्ता टुङ्गिएको हो । मेयर पौडेलले एकलौटी रूपमा कर्मचारी सरुवा गरेको र प्रशासन प्रमुख सञ्जीव खड्काले अटेर गरेको भन्दै रुष्ट रहेको एमाले सहमतिमा आएको छ।
 
कर्मचारी सरुवा बदर गर्ने र अधिकृत खड्कालाई माफी माग्न लगाउन मेयर तयार भएपछि सहमति भएको उपमेयर सङ्गीता चौधरीले बताइन् । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको कारण तत्काल कागजी रूपमा सहमति बाहिर ल्याउन नसकिएको हो । पुरानो भुक्तानी दिने र नयाँ योजना सुरु गर्ने विषयमा मेयर सकारात्मक रहेको बताउँदै उनले आइतबारबाट योजना सुरु गर्ने पत्र सम्बन्धित शाखा र वडामा पुग्ने जानकारी दिइन् ।  
 
प्रशासन प्रमुख खड्का र उपमेयर चौधरी सहित एमाले जनप्रतिनिधि बिचको विवादले उग्र रूप लिएपछि उपमहानगरपालिकामा लफडा भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]