• माघ २६, २०८१
  • जुनकिरी खबर

इटहरी गोल्डकप फागुन ३ गतेदेखि

alt

१५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब (राजा)ले शनिबार पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो । आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगिता इटहरी रंगशालामा दिनको २ः३० बजेदेखि हुनेछ ।

गोल्डकपमा आठ वटा टिम सहभागी छन् । जसअनुसार उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ भने फागुन ६ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक अनुरोध थापाले जानकारी दिए ।

फागुन ३ गतेको विजेता टिम र ५ गतेको विजेता टिमबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने फागुन ४ र फागुन ६ गतेको विजेता टिमबीच प्रतिस्पर्धा हुने थापाले बताए ।

उनका अनुसार खेलको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद् संरक्षक रहेका छन् । प्रतियोगितामा दर्शकले एक सय रुपैयाँको टिकट काटेर प्रवेश गर्न पाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]