• माघ ३०, २०८१
  • जुनकिरी खबर

इटहरीको खोर्साने खाप जोड्ने पुल कटानको जोखिममा

alt

इटहरी उपमहानगरपालिका ३ स्थित खोर्साने खापको गाउँ बाढीको उच्च जोखिममा परेको भन्दै ड्याम निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ  ।  कोशी प्रदेश सभाको बुधवारको बैठकमा सुनसरीकी सांसद निरादेवी खनालले खोर्साने खापको गाउँ र गाउँ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको भन्दै ड्याम निर्माण गर्न माग गरेकी छिन् । 
 
प्रदेश सभामा बोल्दै सांसद खनालले दुई तिरबाट खोलाले घेरिएको खोर्साने खाप माथिको ड्याम अघिल्लो वर्षको बाढीले फुटाएको बताइन् । यो वर्षको बर्षायाममा खोलाले कटान गरी गाउँ र गाउँ जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको भन्दै तत्काल ड्याम निर्माण गर्न माग गरिन् । 
 
‘१५० घरधुरी बसोबास गर्ने खोर्साने खापका बासिन्दा तथा विद्यार्थीहरू सोही झोलुङ्गे पुल मार्फत वारपार गर्छन्’ सांसद खनालले भनिन्,‘ नानीहरूले पढ्नबाट वञ्चित हुनु नपरोस् । बेलैमा त्यो ड्याम बन्यो भने मात्रै त्यो ठाउँको संरक्षण हुन्छ ।मैले सभामुख मार्फत ध्यानाकर्षण गराएँ ।’
 
ड्यामका कारण गाउँ र झोलुङ्गे पुल जोखिममा परेको विषयमा मन्त्रीलाई समेत जानकारी गराएको बताउँदै सांसद खनालले बर्खा लाग्नु अघि नै ड्याम निर्माण गर्न माग गरिन्  । 
इटहरीको टेङ्ग्रा खोला र मोरङको बुढिखोलको बिचमा अवस्थित छ, खोर्साने खाप । टेङ्ग्रा खोला पारी पर्ने सो गाउँका स्थानीयलाई वर्षको समयमा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुँदै आएको थियो । पछि झोलुङ्गे पुल बनेपछि भने सहज भएको थियो । तर अघिल्लो वर्षको बाढीले गाउँ माथिको ड्याम फुटाए पछि पुल जोखिममा परेको छ । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]