• फागुन २, २०८१
  • जुनकिरी खबर

इटहरी गोल्डकपको तयारी पुरा

alt

१५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । भोली (शनिबार)बाट सुरु हुने प्रतियोगिताका लागि सम्पूण तयारी पुरा भएको आयोजक राष्ट्रिय जागृती क्लबले जनाएको छ ।  खेल इटहरी रंगशालामा  दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नेछन् । उपमहानगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । 

भोलीको उद्घाटन खेल आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) बीच प्रतिस्पर्धा हुनेछ । 

गत संस्करणको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृती क्लब र पाहुना टोली यूकेएफसी बीच प्रतिस्पर्धा भएको थियो । खेलमा राष्ट्रिय जागृती क्लबले पेनाल्टी सुटआउटमा यूकेएफसीलाई पराजित गरेको थियो । यस पटक पनि यी दुई टिम बीच नै प्रतिस्पर्धा हुने भएको हो ।

यस पटक इटहरी गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ । मच्छिन्द्र फुटबल क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, झापा एघार फुटबल क्लब, एनआरटी क्लब काठमाडौं, सगरमाथा युथ क्लब मोरङ, धरान फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली भारतको टीम यूकेएफसीको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृती क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने संयोजक थापाले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]