• फागुन ५, २०८१
  • जुनकिरी खबर

एन प्याब्सन इटहरीको आयोजनामा खेल सप्ताहको तयारी

alt

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह हुने भएको छ । इटहरी उपमहानगरपालिका भित्रका विद्यालय तथा विद्यार्थीको सहभागीतामा फागुन सोमबार, मंगलबार र बुधबार खेल सप्ताह हुने भएको हो ।

सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा धेरै विद्यार्थीहरूबीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्स लगायतका विभिन्न २८ विधाका खेल हुने संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए । पूर्व प्राथमिक तहमासमेत आठ खेल समावेश गरी अति न्यून विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरूको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए ।

प्राथमिक तथा माध्यमिक तहमा छात्र तथा छात्राहरूको सहभागीता रहने एन प्याब्सन सुनसरी सचिव नीरज कोइरालाले बताए ।

जनता क्याम्पस इटहरीको प्राङगणमा खेल सोमबार उद्घाटन हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]