• फागुन ७, २०८१
  • जुनकिरी खबर

सुनसरीमा बर्डफ्लु भेटिएको फार्मका हाँस र कुखुरा नष्ट गरियो

alt

बर्डफ्लु भेटिएको सुनसरीको कोसी गाउँपालिकाको एक कृषी फार्मका हाँस र कुखुरा नष्ट गरिएको छ ।  सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु पुष्टि भएको पत्र पठाए पछि तत्काल फार्ममा भएका हाँस र कुखुरा नष्ट गरिएको हो । 

वर्डफ्लु प्रभवित फार्मका २५ हप्ताको २ सय ४८ हाँस, ७ हप्ताको १ सय ९५ वटा हाँस, २ वटा कुखुरा,२ वटा परेवा सुरक्षित रुपले माटोमा पुरेर नष्ट गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डाक्टर मनोज कुमार महतोले जानकारी दिए । उनका अनुसार १० बोरा दाना र २० वोरा सुलि समेत खाल्डो खनेर नष्ट गरिएको छ । 

बर्डफ्लु अन्यत्र फैलन नदिन फार्मलाई केन्द्र मानेर पूर्वमा ५० मिटर, पश्चिममा २०० मिटर, उत्तरमा १५० मिटर, र दक्षिणमा ३०० मिटरको दूरी तोकी नियन्त्रण गरिएको छ । सो क्षेत्रलाई पुर्ण रुपमा सेनिटाइज समेत गरिने डाक्टर महतोले जानकारी दिए । 

सुनसरी प्रशासनले सिमा नाकामा पनि चेकजाँचलाई कडाई गरेको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]