• फागुन १०, २०८१
  • जुनकिरी खबर

मछिन्द्र बन्यो इटहरी गोल्डकपको च्याम्पियन

alt

मछिन्द्र फुटबल क्लब १५ औँ संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।  शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्बल मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधी जितेको हो । 

यो जितसँगै मछिन्द्रले यो सिजनको पहिलो उपाधी जितेको छ । उपाधी विजेता मछिन्द्र क्लबले नगद १० लाख सहित च्याम्पियनको ट्रफी प्राप्त गरेको छ । यस्तै सगरमाथा युथ क्बलले उपविजेता बन्दै नगद ५ लाख र ट्राफी प्राप्त गरेको छ । 

आज भएको फाइनल खेलमा मछिन्दलाई विजयी बनाउन विदेशी खेलाडी मलिक युसुफ र ओमुलाजा नुरैन हरिमले गोल गरेका थिए । खेलको चौथो मिनेटमा मलिक युसुफले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने हरिमले खेलको ८५ औँ मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । 

स्थानिय दर्शकको सर्पोट हुँदा पनि २ पटकको विजेता सगरमाथाले आजको खेलमा भने अपेक्षाकृत प्रर्दशन गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपरेको छ । आजको खेलमा गोलका लागि राम्रो मौका पाएपनि सगरमाथाले कुनै गोल गर्न सकेन ।

आजको खेलको म्यान अफ द म्याच सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । 

प्रतियोगिताकको सर्वोत्कृष्ठ खेलाडी सगरमाथा युथ क्लबका कुलदिप कार्की घोषित भए । उनले नगद १ लाख र ट्रफी प्राप्त गरे ।

अन्य विधा तर्फ भने मछिन्द्रकै वर्चश्व रह्यो । मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ठ गोल रक्षक, शनिस श्रेष्ठ उत्कृष्ठ डिफेन्डर,विशाल घलान उत्कृष्ठ मिडफिल्डर घोषित भए । यस्तै मलिक युसुफ उत्कृष्ठ फरवार्ड,सन्तोष न्यौपाने उत्कृष्ठ प्रशिक्षक घोषित भए । उनीहरुले जनही नगद २० हजार र ट्रफी प्राप्त गरे । 

यस्तै प्रतियोगिता अवधिभर चार गोल गरेका मछिन्द्रकै मलिक युसुफ सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उदयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका सविन घिमिरे घोषित हुँदै ३२ इन्चको एलइडि टिभी प्राप्त गरे । 

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल र कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे । 

फागुन तीन गते देखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]