• फागुन ११, २०८१
  • जुनकिरी खबर

कोसी सभामा जीवनाशक विषादी व्यवस्थापन विद्येयक पारित

alt

कोसी प्रदेशसभामा ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

आइतबारको बैठकमा कोसी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी गरिएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

यस्तै , बैठकमा ‘प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा उठेका विषयमा प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले जवाफ दिए ।

उनले यो  ऐनले स्वच्छ वातावरण बनाउन र मानव जीवनलाई स्वच्छ वातावरणमा लैजान मद्दत गर्ने बताए । उनले वनमा देखिएका समस्यालाई समाधान गर्न नै यो ऐनलाई संशोधन गरिएको प्रस्ट पार्दै पर्यापर्यटन, जलाशय, जलको मुहान, सिमसार क्षेत्रलाई संरक्षण संवद्र्धन गर्न सहयोग पुग्ने बताए ।

मन्त्री मण्डलले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथि विचार गरियोस् भनी गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भई विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भयो ।

सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु विनोद राई, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ, रामप्रसाद महतो र कमला दर्नालले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]