• फागुन १४, २०८१
  • जुनकिरी खबर

इटहरीबाट सट्टेबाजी गेम खेलाउने तीन जना पक्राउ

alt

‘वान–एक्स बेट’ मार्फत अनलाइन सट्टेबाजी गेम खेलाउने तीन जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका ६ स्थित सङ्गीत चौकको इडिङ्गो होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक लक्ष्मी प्रसाद भण्डारीले जानकारी दिए । 

पक्राउ पर्नेमा इटहरी २० का ३० वषीैय रञ्जित भनिने राजेन्द्र थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ रहेका छन् ।

उनीहरुले होटलमा बसेर अनलाइन सट्टेबाजी गेम खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरु माथी थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिए । 

पक्राउ परेका उनीहरुको साथबाट सट्टेबाजी खेल खेल्न, खेलाउन रकम जम्मा गर्न र झिक्न प्रयोग हुने एप्लिेकशन र मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]