• फागुन १५, २०८१
  • जुनकिरी खबर

सुनसरीको दुहबीमा अफ्रिकन स्वाइन फ्लु भेटियो

alt

सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।  दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । केन्द्रीय प्राविधिक ल्याब काठमाण्डौले अफ्रिकन स्वइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादारले जानकारी दिए । 

बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, शसस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छादारले बताए । 

दुहबी नगरपालिकाले फार्महरुको अनुगमनलाई कडा बनाएको छ । नगरपालिकासँगै स्थानीय प्रहरी र पशु सेवा शाखाले संयुक्त अनुगमन टोली बनाएर फार्महरूको अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 

दुहबी पशु सेवा शाखाका अनुसार, दुहबी नगरपालिकाको  ९ र १० नम्बर वडाका वंगुर फार्महरुमा  २५ वटा बंगुर मरेका थिए ।  दुहबी–१० मा १० वटा र दुहबी–९ मा १५ वटा बंगुरको मृत्यु भइसकेको छ। अझै धेरै बंगुर बिरामी देखिएका छन्, जसले रोग थप फैलिने सम्भावना प्रबल बनाएको छ,” शाखा अधिकारीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]