• फागुन १६, २०८१
  • जुनकिरी खबर

दोस्रो तरहरा ‘१० के रन’ फागुन २४ मा

alt

दोस्रो तरहरा ‘१० के रन’  फागुन २४ गते आयोजना हुने भएको छ । यस पटक दुई हजार दुई सय धावक, धाविकाहरू दौडमा  सहभागी हुने आयोजक तरहरा रनले जानकारी दिएको छ । प्रतियोगितामा कोशी प्रदेश सहित भारतको सिक्किम, दार्जिलीङ, मिरिकलगायत शहरबाट  धावक, धाविकाहरू सहभागी हुने  तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार विभिन्न आठ वटा विधामा दौड प्रतियोगिता हुनेछ । जसअनुसार १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी हुनेछन् ।

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल, प्रमाणपात्र प्राप्त गर्नेछन् ।

यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

१६ देखि ४० वर्ष उमेर समूहकाहरूले १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ४० देखि ६० वर्ष उमेर समूहकाहरूले पनि १० किलोमिटर दौड पूरा गर्नुपर्नेछ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, सात हजार र पाँच हजार प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]