• फागुन १८, २०८१
  • जुनकिरी खबर

व्यवसायीहरूमा कर आतङ्क फैल्याइयो : सुनसरी उद्योग वाणिज्य सङ्घ

alt

आन्तरिक राजश्व कार्यालय धरानले स्थानीय व्यवसायीहरूलाई २०५५ साल यता आयकर बुझाएको विवरण माग गर्दै पत्राचार गरेपछि स्थानीय व्यवसायीहरूमा कर आतङ्क फैलिएको बेला सुनसरी उद्योग वाणिज्य सङ्घले आइतबार विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘विगत वर्षहरूमा आन्तरिक राजश्व विभागको म्यानुअल सिस्टम भएकोले त्यसरी म्यानुअल रूपमा बुझाएका विवरणहरू सिस्टममा नदेखिएको कारणले दुविधा भएको छ ।’

म्यानुअल सिस्टमबाट विवरण बुझाएका करदाताले विवरण बुझाएको भए दोहोरो रूपमा बुझाउनु नपर्ने कुरा राजश्व कार्यालय धरानका प्रमुखसँग पटक पटक भएको छलफलमा प्रष्टीकरण दिएको विज्ञप्तिमा उल्लेख छ ।

‘तर विभिन्न कारणले आय विवरण दाखिला गर्न बाँकी भई नन्फाइलर देखिएका उद्योगी तथा व्यवसायीले फागुन मसान्त भित्र आय विवरण पेस गरेमा छुट सुविधा हुने’ विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक राजश्व कार्यालयको पत्राचारले विशेष गरी ससाना व्यवसायीहरू माथि ठुलो प्रहार भएको छ । हठात् ३० वर्ष अघि देखीको आय विवरण माग गरिएपछि उनीहरूमा ‘कर आतङ्क’ मच्चिएको छ ।

म्यानुअल सिस्टममा विवरण बुझाएका व्यवसायीहरू समेतलाई पत्राचार गरिएकाले उनीहरूको भनाई छ ‘आन्तरिक राजश्व कार्यालयले म्यानुअल सिस्टममा विवरण सहित कर बुझाएकाहरूलाई आतङ्कित गरेको छ ।’

स्थानीय उद्यमी, व्यवासायीहरुले कर आतङ्कको बारेमा उद्योग वाणिज्य सङ्घमा गुनासो गरेपछि सङ्घले आन्तरिक राजश्व कार्यालयसँग पटक छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीहरूले राजश्व कार्यालय पहिले म्यानुअल सिस्टममा विवरण बुझाए/नबुझाएका करदाता बारे आफै स्पष्ट भएर मात्र पत्राचार गरिनु पर्ने जिकिर गरेका छन् ।

सङ्घले वक्तव्यमा ‘उक्त विषयमा उद्योगी, व्यवसायी साथीहरूले वास्तविक रूपमा नै आय विवरण बुझाउन बाँकी रहेको छ भने, भ्रामक हल्लाको पछि नलागी २०८१ फागुन मसान्त भित्रमा आफ्नो व्यवसायको विवरण बुझाउँदा छुट सुविधा उपलब्ध हुने’ जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]