• फागुन २०, २०८१
  • जुनकिरी खबर

पुस्तक बिक्री गर्न महावीर पुन इटहरीमा

alt

चर्चित वैज्ञानिक डा.महावीर पुन आफ्नो पुस्तक बिक्री गर्दै इटहरी आइपुगेका छन् । आफ्नो आत्मकथा ‘महावीर पुन’ प्रकाशन गरेका पुनले सहर सहरमा पुगेर पुस्तक बिक्री अभियान सञ्चालन गरिरहेका छन् । करिब एक महिनासम्म धरानमा पुस्तक बिक्री गरेका पुन सोमबारबाट भने इटहरी झरेका हुन । सोमबार दिउँसो ३ बजे देखी इटहरी उपमहानगरपालिकामा पुस्तक बिक्री सुरु गरेको उनले जानकारी दिएका छन् । 
 
अब एक हप्ता इटहरीमा बसेर पुस्तक बिक्री गरिने पुनले फेसबुक मार्फत जानकारी दिएका छन् । उनले फेसबुकका एक सूचना लेख्दै एक हप्ता सम्म पुस्तक विक्रीको समय मिलाइसकेको उल्लेख गरेका छन् ।  पुस्तक किन्न चाहने विभिन्न स्कुल, कलेज, सङ्घसंस्था लगायतलाई सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर पनि फेसबुकमा पुनले राखेका छन् । 
पुन इटहरीमा आए लगत्तै विभिन्न व्यक्तिहरूले उनलाई स्वागत गर्दै पुस्तक किनेर सामाजिक सञ्जालमा हाल्ने थालेका छन् । 
 
स्वतन्त्र नागरिक समाज इटहरीले इटहरीमा पुस्तक बिक्रीको सहजीकरण गरिरहेको इटहरी नगर संयोजक डेरराज गुरुङले जानकारी दिए । मङ्गलवार बिहानैबाट पुस्तक बिक्री सुरु भएको उनले बताए । बिहान इटहरीको सङ्गीत चौक आसपास सहित केही इन्सिच्युटहरुमा पुगेर पुस्तक विक्री गरेको संयोजक गुरुङले जानकारी दिए । 
 
इटहरीमा पनि उत्साहजनक रूपमा पुस्तक बिक्री भइरहेको उनले बताए ।
 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]