• फागुन २२, २०८१
  • जुनकिरी खबर

इस्टर्न टुरिजम मार्ट फागुन २५ गते देखी इटहरीमा

alt

इस्टर्न टुरिजम मार्टको पांचौ संस्करण फागुन २५ गते देखी इटहरीमा हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा हुने मार्ट फागुन २५ देखी २७ गतेसम्म चल्ने इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कोसी प्रदेशको पर्यटनका मुख्य लक्षित वर्ग भारतीय पर्यटकहरू र प्रदेशका पर्यटन ब्यवशायीहरुबिच एक स्थानमा जमघट गराएर व्यवसाय आदानप्रदान गराउने उदेश्वले यस पटक पनि मार्टलाई निरन्तरता दिएको बोर्डका कार्यक्रम प्रबन्धक उदय भटराईले जानकारी दिए ।
 
तीन दिनसम्म चल्ने कार्यक्रममा प्रदेशका व्यवसायी, आकर्षण र गन्तव्यहरूको एकीकृत प्रवर्द्धन हुने गरी विभिन्न प्रस्तुति रहने कार्यक्रम संयोजक रबिन गौतमले जानकारी दिए । 
 
भारतको बङ्गाल, बिहार, सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्था गरी एक सय ५० स्टलहरू रहने कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।
 
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुन २५ गते उद्घाटन गर्ने कार्यक्रमको समापन २९ गते विराटनगरमा गरिने नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक भटराईले बताए । कार्यक्रमका दौरानमा प्रमुख पर्यटकीय गन्तव्यहरू धरान, भेडेटार, वराहक्षेत्र, कोश टप्पु, रामधुनी लगायतका स्थानहरूको अवलोकन तथा अन्तरक्रिया गराइने छ ।
 
कार्यक्रममा पूर्व क्षेत्रको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने ब्यवशायीहरुलाई पर्यटन अवार्डले सम्मान गरिने जनाइएको छ ।
कार्यक्रम सम्पन्न गर्न पर्यटन बोर्डले ३० लाख, इटहरी उपमहानगर र कोसी प्रदेश सरकारले पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने भटराईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]