• फागुन २५, २०८१
  • जुनकिरी खबर

इटहरी जनता क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी

alt

इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो । सोअनुसार निर्वाचन समितिले आज (आइतबार) मतदाता नामावली प्रकाशित गरेको छ ।

मतदाता नामावलीमा स्ववियु सभापतिका आकांक्षी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का हेमराज खड्का (आदित्य)को नामावली समावेश नभएपछि तालाबन्दी गरिएको हो । अनेरास्ववियु सुनसरीका अध्यक्ष उज्वल सिग्देलका अनुसार निर्वाचन समितिले विद्यार्थी संगठनसँग छलफल नगरी मतदाता नामावली प्रकाशन गरेको र मतदाता नामावलीमा दुई सय ६ जना विद्यार्थीको नामावली समावेश नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको हो ।

यता, निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवले भने स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अगाडि बढेको र त्यो अनुसार नामावली प्रकाशन गरेको प्रतिक्रिया दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]