• फागुन २५, २०८१
  • जुनकिरी खबर

इटहरी जनता क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी

alt

इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो । सोअनुसार निर्वाचन समितिले आज (आइतबार) मतदाता नामावली प्रकाशित गरेको छ ।

मतदाता नामावलीमा स्ववियु सभापतिका आकांक्षी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का हेमराज खड्का (आदित्य)को नामावली समावेश नभएपछि तालाबन्दी गरिएको हो । अनेरास्ववियु सुनसरीका अध्यक्ष उज्वल सिग्देलका अनुसार निर्वाचन समितिले विद्यार्थी संगठनसँग छलफल नगरी मतदाता नामावली प्रकाशन गरेको र मतदाता नामावलीमा दुई सय ६ जना विद्यार्थीको नामावली समावेश नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको हो ।

यता, निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवले भने स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अगाडि बढेको र त्यो अनुसार नामावली प्रकाशन गरेको प्रतिक्रिया दिए ।

सम्बन्धित समाचारहरु
सुनसरीको विभिन्न स्थ ...

सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिक ...

इटहरीमा बैगुने मेलाम ...

बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत ...

सुनसरीको देवानगन्जमा ...

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज ग ...

मेयरकप अन्तरपालिका क ...

साविक विजेता विराटनगर महानगरपालिकाले दोस्रो संस्करणको मेयरकप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]