• फागुन २७, २०८१
  • जुनकिरी खबर

इटहरीको बक्यौता ३ करोड बढि !

alt

इटहरी उपमहानगरपालिकाले सडक बत्ति बापतको तीन करोड बढि विद्युत महसुल रकम नतिरेको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले जनाएको छ । 

स्थानिय तहको निर्वाचन यता बनेका स्थानिय सरकारहरुले सडक बत्ति वापतको रकम हाल सम्म नतिरेको इटहरी वितरण केन्द्रले जनाएको छ । इटहरी उपमहानगरपालिकाले ३ करोड ७७ लाख ४० हजार ४ सय १७ रुपैँया रहेको प्राधिकरणको इटहरी वितरण केन्द्रले जनाएको छ ।

 इटहरी वितरण केन्द्रले सुनसरीका तीन स्थानिय तह अन्र्तगत इटहरी उपमहानगरपालिका,रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकालाई विद्युत वितरण गर्दै आएको छ । 

अन्य दुई पालिकाले पनि प्राधिकरणलाई सडक बत्तिको महसुल बुझाएका छैनन् । बराहक्षेत्र नगरपालिकाले १ करोड ३५ लाख २५ हजार ६ सय २७ रुपैँया र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रुपैँया बक्यौता तिर्न बाँकी रहेको इटहरी वितरण केन्द्रले जनाएको छ । 

तीन पालिकाहरुले कुल ५ करोड ९१ लाख ६० हजार ३ सय ६८ रुपैँया बक्यौता तिर्न बाँकी रहेको देखिएको छ ।

इटहरी वितरण केन्द्रका प्रमुख राम उदगार साहले सडक बत्तीको बक्यौता रकम बुझाउन स्थानिय पालिकाहरुलाई पटक पटक पत्र पठाएको जानकारी दिए । 

स्थानिय तहको निर्वाचन अघि तिनुपर्ने महसुल भने नेपाल सरकारसँग हिसाब मिलान गरिएको प्रमुख साहले जानकारी दिए । नयाँ व्यवस्था अनुसार बनेका स्थानिय सरकारहरुले महसुल बुझाउन कुनै चासो नदिएको प्रमुख साहले बताए । 

केन्द्रीय कार्यालयले दिएको निर्देशन अनुसार बक्यौता रकम उठाउन तागेता गर्दै आए पनि स्थानिय सरकारहरुले वेवास्था गर्ने गरेको उनले बताए । केन्द्रिय कार्यालयबाट बक्यौता रकम नतिर्ने स्थानिय तहको विद्युत लाइन काट्ने निर्देशन आए तत्काल कार्यन्वयन गरिने उनले बताए । 

इटहरी वितरण केन्द्रले अहिले प्रत्येक महिना सडक बत्तिको बिल पालिकालाई पठाउने गरेको जानकारी दिए । प्रत्येक महिना बिल पठाए पनि अहिलेसम्म पालिकाबाट कुनै जवाफ प्राप्त नभएको उनको भनाई छ । 

चार महिना सम्म विद्युत महसुल नतिर्ने ग्राहकहरुको लाइन काट्दै आएको इटहरी वितरण केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको साउन यता एक हजार दुई सय ८२ जनाको लाइन काटिएको छ ।

यी संख्याबाट २ करोड ८७ लाख ३८ हजार  ५५ रुपैँया बक्यौता उठाउनुपर्ने थियो । जस अनुसार प्राधिकरणले २ करोड १२ लाख ५३ हजार १२६ रुपैँया बक्यौता उठाएको इटहरी वितरण केन्दले जनाएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]