• फागुन २८, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सुरु

alt

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सुरु भएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित कोशी प्रदेश प्रहरी कार्यलयले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार बिहान इटहरीमा उद्धघाटन गरेका छन । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्य सहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक डिआइजी राजन अधिकारीले जानकारी दिए । 

६ बर्षअघि सुनसरीबाट सुरु भएको दुर्व्यसन विरुद्धको अभियान बुधबारदेखी कोशी प्रदेशमा विस्तार गरिएको हो । सुनसरी प्रहरी प्रमुख हुदा अभियानको परिकल्पना गरी सुनसरीमा अभियान सुरु गरेका अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख भएपछी अभियानलाई प्रदेशब्यापी बनाइएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई प्रदेश र स्थानीय तहहरुले बार्षिक कार्ययोजनामै समेटर साथ दिएको डिआइजी अधिकारीले बताए ।

कार्यक्रमको उद्धघाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लागुऔषध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताउदै यसको माध्यमबाट दुर्व्यसनको समस्या समाधानमा ठूलो जागरूकता र परिवर्तन ल्याएको बताए । 

 २०७५ साल माघ १४ गते सुनसरीमा जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘दुर्व्यसन विरुद्द ‘फ्यान’ अभियानको अवधारणा लागु गरेको थियो । अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १८ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७० वटा भन्दा बढी विद्यालयमा विस्तार भएको छ । अभियानबाट हालसम्म ७५ हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]