• फागुन २९, २०८१
  • जुनकिरी खबर

सुनसरीमा होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

alt

जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पूर्णिमा होलीलाई सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै होली पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचनाअनुसार कसैको इच्छा विपरीत जबरजस्ती रङ्ग नलगाउन, नमेटिने रङ्गको प्रयोग नगर्न तथा सार्वजनिक स्थानमा अमर्यादित गतिविधि नगर्न आग्रह गरिएको छ । होलीको नाममा जथाभाबी लोला हान्ने, हिलो छ्याप्ने, बोतलका टुक्रा प्रयोग गर्ने, सार्वजनिक यातायातमा अवरोध पुर्‍याउने र समाजमा अशान्ति फैलाउने कार्य नगर्न अनुरोध गरिएको छ।

यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले नागरिकहरूलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ। साथै, नियम उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

‘चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरित रंग लगाउने, प्लाष्टिकजन्य लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंङ्ग लगाउने, बाटोमा हिड्ने यात्रीहरुलाई दुःख दिने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं सेवन गरी सवारी साधन चलाउने, बिना हेल्मेट मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै सवार हुने, अपरिचितलाई जिस्काउने, सार्वजनिक स्थानहरूमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता गैर कानूनी एवं अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न–नगराउन हार्दिक आह्वान गर्दै पर्व मनाउनुहुन यो सूचना जारी गरिएको छ,’ प्रजिअ मिश्रद्वारा जारी सूचनामा भनिएको छ, ‘कोही, कसैले गैर कानूनी एवं अवाञ्चित गतिविधि र क्रियाकलापहरू गरे–गराएको पाइएमा त्यस्ता व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही भई जाने व्यहोरासमेत जानकारीको लागि अनुरोध छ ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]