• चैत ८, २०८१
  • जुनकिरी खबर

कोशी सरकारले बाँड्दैछ १३ करोड सहायता

alt

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपचार सहायता सहायता रकम बाड्न सुरु गरेको छ । दुई वर्षदेखि रोकिएको उपचार सहायता रकम आजदेखि बाड्न सुरु गरेको हो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार २ हजार ५ सय ५६ जनाले उपचार सहायता रकम प्राप्त गर्नेछन् ।

उनका अनुसार सरकारले मृगौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले सरकारले आर्थिक सहायता प्रदान गर्नेछ । २ हजार ५ सय ५६ नागरिकलाई जम्मा १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँका निकासा भएको छ । कार्यविधिमा मृगौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाड्ने भएको हो ।

यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधी उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो । अपुग रकम रकमान्तर गरी सहायता प्रदान गर्ने निर्णय भएको मन्त्री राईले बताए ।

मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएको क्यान्सर रोगको उपचार सहायताका लागि १ हजार ५०७ जना, मृगौला रोग लागेका ५३६ जना , मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनलईन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्क घात भएका १ जनाले सहायता रकम प्राप्त गर्नेछन् ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]