• चैत ८, २०८१
  • जुनकिरी खबर

कोशी सरकारले बाँड्दैछ १३ करोड सहायता

alt

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकका लागि उपचार सहायता सहायता रकम बाड्न सुरु गरेको छ । दुई वर्षदेखि रोकिएको उपचार सहायता रकम आजदेखि बाड्न सुरु गरेको हो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार २ हजार ५ सय ५६ जनाले उपचार सहायता रकम प्राप्त गर्नेछन् ।

उनका अनुसार सरकारले मृगौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले सरकारले आर्थिक सहायता प्रदान गर्नेछ । २ हजार ५ सय ५६ नागरिकलाई जम्मा १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँका निकासा भएको छ । कार्यविधिमा मृगौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाड्ने भएको हो ।

यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधी उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो । अपुग रकम रकमान्तर गरी सहायता प्रदान गर्ने निर्णय भएको मन्त्री राईले बताए ।

मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएको क्यान्सर रोगको उपचार सहायताका लागि १ हजार ५०७ जना, मृगौला रोग लागेका ५३६ जना , मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनलईन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्क घात भएका १ जनाले सहायता रकम प्राप्त गर्नेछन् ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]