• चैत १३, २०८१
  • जुनकिरी खबर

६ घण्टापछि सेन्ट्रल प्लाजको आगलागी नियन्त्रणमा , ११ जनाको उद्धार

alt

इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टाको लगातार प्रयास पछि नियन्त्रणमा आएको छ ।  इटहरीको सबैभन्दा अग्लो १० तले भवनमा बिहान साढे ९ बजेदेखी आगलागी भएको थियो । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो ।

यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।

प्लाजाको बिभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । तीन जनाको काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा रहेका छन । 

आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]