• चैत १७, २०८१
  • जुनकिरी खबर

पत्रकार सुरेश रजकको हत्याको विरुद्ध महासङ्घ सडकमा

alt

पत्रकार सुरेश रजकको हत्याको विरुद्धमा नेपाल पत्रकार महासङ्घ सुनसरीले सडक र्‍याली र शोक सभा गरेको छ । शुक्रवार घरमा आगो लगाएर हत्या गरिएका रजकको न्यायको लागि महासङ्घले आन्दोलन गरेको हो ।

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको अराजक आन्दोलनको कारण समाचार सङ्कलन गर्न गएका रजकको हत्या भएको थियो । आन्दोलनको क्रममा सञ्चार गृहको भवनमा आगो लगाउने, ढुङ्गा हान्ने, सवारी साधन तोडफोड गर्ने कार्य भएको प्रति सुनसरी महासङ्घले खेद व्यक्त गरेको छ ।

शनिवार बिहान विज्ञप्ति जारी गरेको सुनसरी महासङ्घले दिउँसो इटहरी उपमहानगरपालिका अगाडिबाट विरोध र्‍याली निकालेको हो । पत्रकार हत्याको घोर भर्त्सना गर्दै महासङ्घले प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार नगर्ने चेतावनी दिएको छ ।

"आपराधिक हर्कतमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ। साथै, क्षति पुऱ्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]