• चैत १९, २०८१
  • जुनकिरी खबर

महासंघ सुनसरीले प्रजिअ मार्फत गृहमन्त्रीलाई पठायो ज्ञापन पत्र

alt

राजावादीहरुको प्रर्दशनका क्रममा पत्रकार सुरेश रजकको हत्या र विभिन्न मिडिया माथि भएको सुनियोजित आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र मार्फत गृहमन्त्री रमेश लेखक समक्ष पुर्याउने गरी पत्रकार महासंघ सुनसरीले ज्ञापन पत्र बुझाएको  हो । 

मंगलबार जिल्ला प्रशासन कार्यलयमा पुगेको महासंघको टोलीले हत्यामा संलग्न दोषीलाई कारबाही गर्न, पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न, घाइते पत्रकारको उपचारको व्यवस्था गर्न र पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । 

महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले ज्ञापन पत्रलाई गृह मन्त्रालयमा पठाउने प्रतिवद्दता व्यक्त गरे । प्रजिअ मिश्रले जिल्लामा कार्यरत पत्रकारहरुको सुरक्षाको विषयमा आफु गम्भिर रहेको बताउँदै पत्रकारहरुलाई सुरक्षित रुपमा कार्य गर्ने वातावरण तयार गर्ने बताए । पत्रकारहरु स्वयंमले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । सुचना सम्प्रेषण गर्ने विषयमा पनि पत्रकारहरु संवेदनशिल बन्न प्रजिअ मिश्रले आग्रह गरे ।  

पत्रकार महासंघ केन्द्रीय समितिको घोषित कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाइएको नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाराकोटीले जानकारी दिए । 

महासंघ केन्द्रीय समितिले शनिबारबाट आन्दोलन घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार पत्रकारहरुले कार्यक्षेत्रमा काम गर्दा कालोपट्टि बाँधेर काम गरेका थिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]