• चैत २१, २०८१
  • जुनकिरी खबर

बम राखेको भन्दै अफवाह फैलाउने २ जना पक्राउ

alt

गत पुष १६ गते इटहरी उप महानगरपालिकाको गेट अगाडि बम राखेको भन्दै अफवाह फैलाउने २ जना पक्राउ परेका छन् । प्रहरीको बिषेश टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा  झापाको कनकलाई नगरपालिका– ८ का ४६ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र लक्ष्मीदेवी थापा छन् ।

इटहरीमा बम राखेको हल्ला फिजाएर भारतमा लुकीछिपी बसेका खरेल र थापालाई भारतमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले केही दिन अघि पक्राउ गरेको हो । भारतबाट पक्राउ गरेर बुधवार राती मात्र सुनसरी भान्टाबारी नाकाबाट नेपाल  ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका खरेलले  पुष १६ गते इटहरी उप महानगरको गेट अगाडि र सुनसरी र मोरङ्ग जोड्ने बुढीखोलाको पुलमा बम राखेको हल्ला फिजाएका थिए ।

प्रहरीका अनुसार खरेलले नै विस्फोटक पदार्थ राखेको भन्दै  प्रहरीलाइ म्यासेज मार्फत खबर गरेका थिए । म्यासेज आएपछि प्रहरी पुग्दा शङ्कास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु निश्क्रीय गर्न पुगेको नेपाली सेनाको टोलीले यी दुवै स्थानमा राखिएका वस्तु बम नभएको पत्ता लगाएको थियो । बम भनेर हल्ला फिजाँएको आरोपमा अरोपमा प्रहरीको अनुसन्धन व्यूरोले  दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरीले खरेल र थापा सुनसरी र झापामा पटक पटक विस्फोट पदार्थ राख्ने र हल्ला फिजाँउने कार्यमा संलग्न रहेको प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरिक्षक भिम दाहालले बताए । 

 दाहालका अनुसार पुस १६ गते भने खरेलले म्यासेज मार्फत बम राखेको भनेर प्रहरीलाई नै खबर गरेका थिए । खबर पछि प्रहरीको टोली इटहरी उप महानगरपालिका र बुढी खोला पुग्दा शङ्कास्पद वस्तु फेला परेको थियो । यसरी फेला परेका शङ्कास्पद वस्तु बम नभई आतङ्क सिर्जना गर्न लाई बनाइएको सामाग्री रहेको पुष्टि भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]