• चैत २८, २०८१
  • जुनकिरी खबर

एसियन हाइवे निर्माणले अस्तब्यस्त बन्दै सडक

alt

एसियन हाइवे अन्र्तगत झापाको काँकडभिट्टा देखी सुनसरीको लौकही सम्म सडक निर्माण कार्य धमाधम भइरहेको छ ।  पूर्वपश्चिम मुख्य हाइवेको यो खण्डको यात्रा अहिले निकै सकसपूर्ण बन्ने गरेको छ । यो बाटो भएर यात्रा गर्दै हुनुहुन्छ भने तपाईको यात्रा केही असहज पनि बन्न सक्छ ।

धुलो र पानी परेपछि अहिले हिलाम्य यो सडक भएर यात्रा गर्दा आवशयक सजकता अपनाउनु पर्ने देखिएको छ ।   सडकको दुई तर्फ ड्रेन निर्माण र माटो पुर्ने काम हुँदैछ । धेरै ठाउँमा सडक भत्काएर डाइभर्सन गरिएको छ । पुल निर्माण गर्न बनाइएका डाइर्सनले यात्रा निकै जोखिमपूर्ण बनेको छ ।

यो खण्डमा ५ सय भन्दा धेरै साना ठुला पुल निर्माण हुँदैछन् । जसका लागि सडकलाई डाइर्भसन गरिएको छ । जसले यात्रालाई अप्ठ्यारो बनाएकोछ  । त्यसमा पनि बुधबार र विहिबार पानी परेपछि झन सडक यात्रा निकै जोखिमपूर्ण बनेको छ । विशेष गरी साना सवारी साधनमा यात्रा गर्ने यात्रु तथा दुई पाङ्ग्रेमा यात्रा गर्ने यात्रुलाई अझ बढि सकस पूर्ण हुने गरेको छ । 

धुलाम्मे र बर्षामा हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ । काँकडभिट्टा देखी लौकही सम्म ५ वटा प्याकेजमा सडक निर्माणको काम हुँदैछ । प्याकेज १ मा काँकडभिट्टादेखि सीतापुरीसम्म पर्छ । 

प्याकेज २ मा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज ३ गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ। प्याकेज ४ मा कन्काई, बिरिङ, निन्दा पुल पर्छन्। प्याकेज ५ तीन सयभन्दा बढी पुल निर्माण पर्छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]