• वैशाख १, २०८२
  • जुनकिरी खबर

सुनसरीको देवानगन्जमा गोली चल्यो, १ जना घाइते

alt

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको प्रहरीले जनाएको छ । पिन्टु मेहताले चलाएको मोटरसाइकको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर यकिन भइसकेको छैन । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनले कुन हतियारबाट गोली प्रहार गरेका हुन् भनेर यकिन भइसकेको छैन । पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ । गम्भीर अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको पुष्टि गरे । घटनाका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी उनले दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका विभिन्न स्था ...

इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २० का अ ...

कोशीको नीति तथा कार् ...

कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भएको छ । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्र ...

इटहरी रंगशालालाई कोश ...

इटहरी रंगशालालाई कोशी प्रदेशको प्रशिक्षण केन्द्रको रुपमा विकास गरिने युवा तथा खेलकुद मन्त्री तेजुलाल ...

इटहरीमा आर्थिक समस्य ...

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले देशमै वित्तीय समस्या भइरहेको बेला इटहरीमा पनि समस्या भएक ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]