• वैशाख १, २०८२
  • जुनकिरी खबर

सुनसरीको देवानगन्जमा गोली चल्यो, १ जना घाइते

alt

सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ । गोली लागेर १ जना गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको प्रहरीले जनाएको छ । पिन्टु मेहताले चलाएको मोटरसाइकको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर यकिन भइसकेको छैन । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनले कुन हतियारबाट गोली प्रहार गरेका हुन् भनेर यकिन भइसकेको छैन । पिन्टुले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारमाथि देवानगन्ज बजार पुग्नसाथ साँझ ६ः३० बजेतिर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

शिवकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ । गम्भीर अवस्थाका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको पुष्टि गरे । घटनाका विषयमा थप बुझ्ने काम भइरहेको जानकारी उनले दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]