• वैशाख ३, २०८२
  • जुनकिरी खबर

इटहरीमा बैगुने मेलामा भक्तजनको घुँईचो

alt

बैगुने मेलाको रुपमा चर्चित टेँग्राधाममा बैगुन चढाउन बिहानै देखी भक्तजनको ठुलो घुँईचो लागेको छ । प्रत्येक बर्ष बैशाख ३ गते कचना मन्दिरमा बैगुनको भार र फूलघडा चढाउने गरिन्छ । बैगुनको भार चढाउन अघिल्लो दिनको साँझ देखी नै भक्तजनहरु पूजाका लागि आएका थिए भने आज बिहान राती देखी नै भिड लागेको थियो । 

कचना मन्दिरमा बैगुनको भार र फूलघडा चढाए शरिरमा रहेका मुसा हराउने जनविश्वास रहेको छ । बैगुन चढाउदा खास गरी हात गोडामा आएको मुसा, घाउ खटिरा, छालाका अन्य विभिन्न रोगहरु हराएर जाने विश्वास रहेको छ । 

मानिसहरु शरीर स्वस्थ होस घाउ खटिरा, मुसा हटेर जाओस भनी भाकल गर्दछन् । सो भाकल पुरा भएपछि मन्दिरमा आएर बैगुनको भार,फूलघडा र पानसुपाडी चढाउँछन् । 

यहाँ बैगुनको भार चढाउन देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् । पूजा गर्न आएका भक्तजनहरुलाई सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाएको कचना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोसन तामाङले जनकारी दिए । 

बिहानको समयमा धेरै भिड भएकाले लाईनमा लगाएर पूजा गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए । 

तराईका आदिवासी थारु समुदायले भने यस मन्दिरलाई थानको रुपमा पूजा गर्दै आएका छन् । बैशाख १ गतेबाट सुरु हुने सिरुवा धामको रुपमा पूजा गर्दछन् ।

 सिरुवा मेलामा आफ्ना पूर्वजहरुलाई सम्झिएर बैगुनको भार, फूलघडा, पानसुपारी चढाएर पूजा गरिने ग्रामथान संरक्षण समिति कोशी प्रदेशका अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए । 

कचना थानमा ठुलो मेला लाग्ने गर्दछ । मेलाको मख्य आकर्षणको रुपमा जुलवी रहेको छ । मेलाबाट अन्नी धानको भूजा, जुलेवी, मिठाई खाने र कोशेलीको रुपमा घर लैजाने परम्परा रहेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका विभिन्न स्था ...

इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २० का अ ...

कोशीको नीति तथा कार् ...

कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश भएको छ । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्र ...

इटहरी रंगशालालाई कोश ...

इटहरी रंगशालालाई कोशी प्रदेशको प्रशिक्षण केन्द्रको रुपमा विकास गरिने युवा तथा खेलकुद मन्त्री तेजुलाल ...

इटहरीमा आर्थिक समस्य ...

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले देशमै वित्तीय समस्या भइरहेको बेला इटहरीमा पनि समस्या भएक ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]