• वैशाख १८, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशको लगानी सम्मेलन सुरु

alt

कोशी प्रदेशको लगानी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्मेलनको उद्घाटन गरे । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन, २०२५ २ दिनसम्म चल्ने छ । सम्मेलन उद्घाटनअघि स्वागत मन्तव्य राख्दै प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न कोशी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गरिने जानकारी दिए ।

उनले कोशी प्रदेशको लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको भन्दै आभार व्यक्त गरे । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजनालाई ‘सोकेस’मा राखिएको छ । १ वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको जानकारी कार्कीले दिए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]