• भदौ १२, २०७६
  • जुनकिरी खबर

प्रदेशसभा बैठक: प्रदेश १ मा लगानी भित्र्याउने बाटो खुल्यो

alt

प्रदेशसभा बैठकले बुधबार प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ । न्याय, प्रशासन तथा विधायन समितिमा विधेयक २०७६ को दफाबार छलफलपछि मंगलबार सदनमा प्रस्तुत गरिएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले उक्त प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई समय दिएका थिए । मन्त्री कार्कीले छलफलका लागि गरेको प्रस्तावमा सत्तापक्षका सांसद शिवप्रसाद मैनालीले समर्थन जनाएका थिए ।

विधेयक पारित भएसँगै प्रदेशमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने बाटो खुलेको हो । उद्योग, पर्यटन, कृषि, वन, वातावरण, सञ्चार, ऊर्जा, तथा प्रविधिलगायत सामाजिक, आर्थिक क्षेत्रको विकास र प्रवर्द्धन गर्न अब सहज हुने जनाइएको छ । यसका लागि प्रदेश सरकारअन्तर्गत गठन हुने समिति, बोर्ड, प्राधिकरण, प्रतिष्ठान स्वायत्त एवं अविछिन्न उत्तराधिकारबाला स्वशासित संस्था गठन गनका लागि कानुन बनाउन बाटो खुलेको छ ।

१० धारमा विभाजित वधेयकमा प्रदेश संस्था गठन गर्न बनेको नियमावलीबमोजिम गठन हुने संस्थाको अध्यक्षमा प्रत्येक संस्थाका लागि स्विकृत हुने नियमावलीबमोजिम प्रदेश सरकारले मन्त्री वा प्रदेश सरकारको प्रमुख सचिव वा प्रदेश मन्त्रालयका सचिव वा अन्य अधिकृत वा अन्य विज्ञहरू रहने व्यवस्था गरेको छ । तोकिएबमोजिम गठन हुने प्रत्येक संस्थामा एक मुख्य प्रशासनिक प्रमुख भै पूर्णकालीन रूपमा काम गर्ने अधिकृत नियुक्त हुने र उसको पदावधि ४ वर्षको हुने विधेयकमा भनिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]