• वैशाख १८, २०८२
  • जुनकिरी खबर

तरुण दल इटहरीमा विवाद को हो ?

alt

मङ्गलवार तरुण दल इटहरी उपमहानगर समितिको ब्यानरमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति सिताराम मेहताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुई सय बढी नेता कार्यकर्ता उपस्थित भए । काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, क्षेत्र नम्बर २(क) सभापति सुवेक्छु देवान लगायतले कार्यक्रममा सम्बोधन गरे ।

तरुण दलको आधिकारिकता देखाउने गरी आयोजना गरिएको कार्यक्रममा नेताहरू उत्साह र आक्रोशको भावभङ्गीमा देखिए । पार्टी नेतृत्वको समर्थन खोजेको विष्णु खत्री नेतृत्वको समितिले वैधानिकता पाउने प्रयास गर्‍यो ।

इटहरीमा कार्यक्रम सम्पन्न भएकै दिन तरुण दल केन्द्रीय समितिले सुनसरी जिल्ला समितिलाई पालिका अधिवेशन सम्पन्न गराएकोमा धन्यवाद दियो । सुनसरीका बाह्रवटै पालिकाको अधिवेशन सम्पन्न गराएको भन्दै धन्यवादको पात्र भए सुनसरी अध्यक्ष सिजन गुरुङ । लामो समयपछि कार्यकर्ता स्तरमा तरुण दलको चर्चाले युवाहरूलाई ऊर्जा बढाएको छ ।

गुरुङकै नेतृत्वमा वैशाख ८ गते इटहरी उपमहानगर अधिवेशन सम्पन्न भइसकेको छ । अनीश सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन मात्र भएन केन्द्रीय समितिले सुवेदीकै नाम सार्वजनिक समेत गर्‍यो । सुवेदी नेतृत्वको समिति गठन भएपछि खत्री नेतृत्वको समितिले अवैधानिक अधिवेशन गरेको भन्दै असन्तुष्टि जनायो । विज्ञप्ति जारी गर्दै अध्यक्ष खत्री र सचिव बादल दाहालले कुनै पनि सूचना नदिईकन तरुण दलको विधान विपरीत नगर समितिको अधिकारमाथि हस्तक्षेप गर्नु अवैधानिक भएको जनाए ।

तरुण दलका नेताहरूले मात्र हैन काँग्रेसका नगर, क्षेत्र र पूर्व जिल्ला सभापतिहरूले पनि सुवेदी नेतृत्वको समिति अवैधानिक नै भएको बताए । खत्रीलाई नै मान्यता दिने गरी नेताहरूले अभिव्यक्ति दिए । तरुण दल केन्द्रीय समितिले भने जिल्लाले पठाएको सुवेदीको नामलाई आधिकारिकता दिइसकेको छ ।

यसअघि नै जिल्ला समितिले भने २०८१ चैत २२ गते जिल्ला प्रतिनिधि मार्फत चैत २६ गते भित्रमा सम्पूर्ण पालिकाको अधिवेशन गराउन निर्देशन दिएको थियो । केन्द्रीय समितिको निर्देशन अनुसार अन्य पालिकामा अधिवेशन भए पनि इटहरीमा हुन सकेन । 

जिल्ला अध्यक्ष गुरुङले पुनः चैत २७ गते पत्र पठाउँदै इटहरी उपमहानगर समितिलाई निर्देशन दिए । जिल्ला प्रतिनिधिले बारम्बार सम्पर्क गर्दा समेत गैरजिम्मेवार ढङ्गले बेवास्ता गरेको भन्दै २०८२ वैशाख २ गते भित्रमा अधिवेशन गराउन अल्टिमेटम सहितको पत्र पठाए । 

दुईगते पनि अधिवेशन नभएपछि गुरुङले ८ गते इटहरी उपमहानगर अधिवेशन हुने जानकारी सहितको पत्र पठाए । बारम्बार पत्राचार गर्दा समेत सम्पर्कमा नआएको र अधिवेशन भाँड्न खोजेको उल्लेख गर्दै ८ गते इटहरी नगर अधिवेशन हुने जानकारी गराएका थिए । 

सोही मितिमा भएको अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । नयाँ कार्यसमिति गठनपछि खत्री नेतृत्वको समिति झस्कियो । त्यसैको प्रतिक्रिया स्वरूप मङ्गलवार इटहरीमा कार्यक्रम आयोजना भएको हो । 

खत्रीले भने जिल्ला समितिले आधिकारिक पत्र नपाएको बताउँदै वडामा पूर्णकालीन सदस्यता वितरण भइरहेको अवस्थामा हठातमा अधिवेशन गरिएको गुनासो गरे । वडा अधिवेशनपछि नगर अधिवेशन हुनुपर्नेमा एक्कासि युवाहरू पठाएर तरुण दलको अधिवेशनको दबाब बढाइएको उनको भनाइ छ । अधिवेशन स्थगित गराउन आफूले जिल्ला सभापति गुरुङलाई बारम्बार सम्पर्क गरे पनि सुनुवाइ नभएको खत्रीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]