• वैशाख २१, २०८२
  • जुनकिरी खबर

गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग

alt

पूर्वी नेपालका जिल्लाहरूबाट गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग हुने गरेको पाइएको छ । शनिवार राती सुनसरीमा प्रहरीले १ सय ८० केजी गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएपछि गाँजा तस्करीमा तस्करले नयाँ नयाँ शैली अपनाउन थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले रामधुनी नगरपालिका ६ स्थित पिडारी क्षेत्रबाट १ सय ८० केजी लागू औषध गाँजा सहित एक भारतीय नम्बरको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
शनिवार राति करिब १० बजे लागू औषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो क्षेत्रको सम्पूर्ण सडक ब्लक गर्दै चेकजाँच गरेको थियो । जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सलाई रोकी खानतलासी गर्दा कालो प्लास्टिक भित्र सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ बोरा गरी जम्मा १ सय ८० केजी गाँजा  फेला परेको हो ।
 
उक्त एम्बुलेन्स चालक सुनसरी वराहक्षेत्र नगरपालिका ४ का २५ वर्षीय श्रीराज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालक सहित बरामद लागू औषध र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । यसअघि कारोबारीले नेपाली नम्बर प्लेटको एम्बुलेन्स तथा नक्कली सरकारी नम्बर प्लेटको गाडी, तेल बोक्ने ट्यांकर समेत प्रयोग गरी गाँजा तस्करी गर्ने गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]