• वैशाख ३१, २०८२
  • जुनकिरी खबर

कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । कार्कीले आफूलाई भेट्न आउने मानिसले मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो ।

मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येकले अब मोबाइल फोन बाहिरै राख्नुपर्नेछ । यस्तो निर्णयपछि अब भेटघाटमा सहभागी हुनेहरूले कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन् । मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ ।

मुख्यमन्त्रीको सचिवालयले धेरै समयदेखि यस्तो अभ्यास गरिएको दाबी गरे पनि यो प्रबन्ध सर्वसाधारणका लागि मात्रै लागु भएको छ । नेता, कर्मचारीहरूका हकमा भने यो प्रबन्ध लागू भएको छैन ।

खासगरी मुख्यमन्त्री कार्कीको उक्त निर्णयपछि लोकतान्त्रिक कार्यशैलीमा पारदर्शिता घटाउने संकेतका रूपमा व्याख्या हुन थालेका छन् । कार्कीलाई भेट्दा सर्वसाधारणले मोबाइल फोन प्रयोग गर्न नपाएपछि अहिले भने सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । मुख्यमन्त्रीको कार्यशैलीमाथि नै प्रश्न उठ्ने किसिमको उक्त निर्णयले भने अहिले सामाजिक सञ्जालमा अचम्मको नियम भन्दै आलोचना हुन थालेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]