• जेठ २, २०८२
  • जुनकिरी खबर

कोशी प्रदेशमा बेरुजु शून्यमा झार्ने अभियान सुरु

alt

भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली बोलाएर दुवै मन्त्रालय मातहतका कार्यालयका कर्मचारीहरुको भेला गराएर बेरुजु शून्यमा ल्याउने अभियान सुरु गरेका हुन् ।

भेलामा बेरुजु फर्छयौटमा देखिएका समस्याहरूको बारेमा महालेखा परीक्षक कार्यालयका नायब महालेखापरीक्षक बालकृष्ण थापाले सहजीकरण गरेका थिए । कार्यालय प्रमुख तथा लेखा अधिकृत र लेखापालहरुले बेरुजु फर्छयौटमा देखिएको कठीनाइहरूको बारेमा खुलेर जिज्ञासा राखका थिए । कर्मचारीहरूले राखेको प्रत्येक जिज्ञासाको नायब महालेखापरीक्षक थापाले जवाफ दिएर सहजीकरण गरेका हुन् ।

उनले बेरुजु फर्छयौटमा आउने जस्तोसुकै समस्याको बारेमा जुनुसुकै बेला समाधान गर्न तत्पर रहेकोले सम्पर्क र समन्वयमा बेरुजु फर्छयौट अभियानलाई सफल पार्न आग्रह गरे । मन्त्रालयका सचिव अशोक कुमार साहले प्रत्येक कार्यालयका कार्यालय प्रमुख र लेखा फाँटका प्रमुखलाई जसरी पनि बेरुजु फर्छयौट गर्न निर्देशन दिए ।

उनले एक सातामा नभए महिनामा एक दिन बेरुजु फर्छयौटका लागि समय निकाल्न सकिए कुनैपनि कार्यालयमा बेरुजु नरहनेतर्फ कर्मचारीहरुको ध्यानाकर्षण गराएका हुन् ।

राज्यमन्त्री भूमी राजबंशीले सचेत प्रदेशमध्येका कोशी प्रदेश अन्य ४ वटा प्रदेशभन्दा बेरुजुमा पछाडी हुनु लाजमर्दो विषय भएको बताएका छन् । उनले कुनैपनि काम पारित भएको बजेट, आर्थिक लगायतका ऐन, नियम, निर्देशिका, कार्यबिधि, मापदण्ड अनुसार मात्रै गरेर खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्री राईले जनताको करबाट तलब भत्ता खानेले गर्न नभई नहुने काम अन्तर्गत बेरुजु पर्छयौट पनि रहेको सबैले बुझ्नु अपरिहार्य रहेको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]