• जेठ २, २०८२
  • जुनकिरी खबर

इटहरीमा आर्थिक समस्या छ : मेयर हेमकर्ण पौडेल

alt

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले देशमै वित्तीय समस्या भइरहेको बेला इटहरीमा पनि समस्या भएको बताएका छन् । सङ्घीय सरकारले स्थानीय सरकारलाई दिने अनुदान समयमा दिन नसकेको कारण समस्या बढेको बताएका हुन् । 
 
बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आर्थिक अभावले देशैभरका पालिकाहरू ग्रसित भएको उल्लेख गरे । इटहरीमा निर्माण कम्पनी र उपभोक्ता समितिको भुक्तानी नभएको कारण मेयर पौडेलको विरोध भइरहेको छ ।गत आर्थिक वर्षमा दिवा खाजा कार्यक्रमको ठेक्का पाएका समीर कार्कीले बारम्बार भुक्तानी नपाएको भन्दै सामाजिक सञ्जाल मार्फत विरोध जनाइरहेका छन् । 
 
कार्कीले मात्र हैन इटहरीको बसपार्क निर्माण सम्पन्न गरेर पनि भुक्तानी नभएपछि निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको छैन । इटहरीमा निर्माणाधीन चिस्यान केन्द्रको काम पुरा नहुँदै निर्माण कम्पनी बाहिरिएको छ ।
 
यसअघि उपभोक्ता समितिले इटहरी उपमहानगरपालिका अगाडी आन्दोलन गरेका थिए ।  चालु आर्थिक वर्षको योजना सम्झौता नभएपछि भुक्तानीमा केही सहज भए पनि अघिल्लो आर्थिक वर्षको दायित्व बढी भएकाले भुक्तानी सन्तुलन बिग्रिएको हो ।
 
सोही विषयमा विरोध सुरुभएपछि मेयर पौडेलले प्रतिरक्षा गरेका हुन् ।  इटहरी उपमहानगरपालिकाको कार्यपालिका र नगर सभामा नेकपा एमालेको बहुमत भए पनि नागरिक प्रतिको कर्तव्य ख्याल नगरी छेपारो प्रवृत्ति अपनाएको आरोप लगाएका छन् ।
 
आफू सही र अर्को गलत भन्ने भाष्य निर्माण गरेर योजनाबद्ध प्रहार भइरहेको मेयर पौडेलको भनाइ छ । ‘आज देश मै वित्तीय समस्या छ । स्थानीय सरकारलाई दिएको अनुदान केन्द्र सरकारले समयमा दिन सकेको  छैन । केही समस्या इटहरीमा पनि छन् । जुन समाधान हुने प्रकारका छन् ।
देशभरिका पालिकामा सानो ठुलो समस्या छन् तर इटहरीलाई दलका कार्यकर्ता र दलीय मुख पत्र सञ्चारमाध्यमबाट बदनाम गराईदैछ । इटहरी सरकारमा बहुमतमा बसेर जिम्मेवारी बहन गर्न नसक्ने नागरिक प्रतिको कर्तव्यको ख्याल नभएको छेपारो प्रवृत्ति ।
 
अथवा बिरालो धेरै भएर मुसा मार्न नसक्नुको दलीय छटपटी र आफू सही अर्को गलत भन्ने बुझाउने र भ्रम छर्ने योजनाबद्ध प्रहारको कारण यो वर्ष केही समस्या आफैँ उत्पन्न गरी बजारीकरण गरी रहेको तमाम इटहरीवासी सज्जन बौद्धिक नगरवासीहरूलाई जानकारी भएको कुरा हो,’ उनले लेखेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]