• जेठ ३, २०८२
  • जुनकिरी खबर

इटहरी रंगशालालाई कोशी प्रदेश स्तरीय प्रशिक्षण केन्द्र बनाइने

alt

इटहरी रंगशालालाई कोशी प्रदेशको प्रशिक्षण केन्द्रको रुपमा विकास गरिने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए । देशभरका रंगशालाहरु मध्ये ठुला रंगशालालाई प्रदेश स्तरीय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने सरकारको योजना अनुसार इटहरी रंगशाला प्रशिक्षण केन्द्र बन्ने मन्त्री चौधरीले स्पष्ट पारे । 

सनुसरीको इटहरीमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री चौधरीले संघीय सरकारले इटहरी रंगशालालाई प्रदेशमा हस्तान्तरण गर्ने र प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने योजना बनेको जानकारी दिए ।  

मन्त्री चौधरीले भने, ‘ कोशी प्रदेशको तालिम केन्द्रको रुपमा संघले विकास गर्ने, भित्रका खेलाडी उत्पादन गर्न, त्यहाँ होस्टल राखेर हुन्छ कि कसरी हुन्छ, तालिम वा प्रशिक्षण दिने गरी विकास गर्ने योजना छ । ’ 

हाल संघीय सरकार अन्र्तगत रहेको इटहरी रंगशाला चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयारी अन्तिम चरणमा पुगेको उनले बताए । हाल संघीय सरकारले १० वटा संघ अन्र्तगत रहेका रंगशाला प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको उनले बताए । 

मन्त्री चौधरीका अनुसार रंगशालाका लागि आउँदै गरेको बार्षिक बजेटमा तोकिएरै बजेट विनियोजन गरिएको छ । विशेष गरी रंगशालाको भौतिक पूर्वाधार मर्मत तथा सम्भार शिर्षकमा बजेट विनियोजन गरिएको छ । 

यस्ता रंगशालाहरुलाई मर्मत गर्न भनेर ११÷१२ करोड रकम विनियोजन गरिएको जानकारी दिँदै मन्त्री चौधरीले त्यस मध्ये इटहरी रंगशालालाई पनि स्पष्ट बजेट तोकिएरै आउनेछ ।  

८ विगाहा क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न इटहरी रंगशाला लामो समय देखी प्रदेश तथा स्थानिय तहलाई हस्तान्तरण गर्नुपर्ने माग उठ्दै आएको थियो । 

इटहरी रंगशालामा यस अघि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता,कराते, तेक्वान्दो सहित अन्य केही खेलका अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् । 

नेपाली महिला राष्ट्रिय फुटबल तथा क्रिकेट टिमको बन्द प्रशिक्षण यहि रंगशालामा गरिएको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]