• जेठ ३, २०८२
  • जुनकिरी खबर

इटहरी रंगशालालाई कोशी प्रदेश स्तरीय प्रशिक्षण केन्द्र बनाइने

alt

इटहरी रंगशालालाई कोशी प्रदेशको प्रशिक्षण केन्द्रको रुपमा विकास गरिने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए । देशभरका रंगशालाहरु मध्ये ठुला रंगशालालाई प्रदेश स्तरीय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने सरकारको योजना अनुसार इटहरी रंगशाला प्रशिक्षण केन्द्र बन्ने मन्त्री चौधरीले स्पष्ट पारे । 

सनुसरीको इटहरीमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री चौधरीले संघीय सरकारले इटहरी रंगशालालाई प्रदेशमा हस्तान्तरण गर्ने र प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने योजना बनेको जानकारी दिए ।  

मन्त्री चौधरीले भने, ‘ कोशी प्रदेशको तालिम केन्द्रको रुपमा संघले विकास गर्ने, भित्रका खेलाडी उत्पादन गर्न, त्यहाँ होस्टल राखेर हुन्छ कि कसरी हुन्छ, तालिम वा प्रशिक्षण दिने गरी विकास गर्ने योजना छ । ’ 

हाल संघीय सरकार अन्र्तगत रहेको इटहरी रंगशाला चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयारी अन्तिम चरणमा पुगेको उनले बताए । हाल संघीय सरकारले १० वटा संघ अन्र्तगत रहेका रंगशाला प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेको उनले बताए । 

मन्त्री चौधरीका अनुसार रंगशालाका लागि आउँदै गरेको बार्षिक बजेटमा तोकिएरै बजेट विनियोजन गरिएको छ । विशेष गरी रंगशालाको भौतिक पूर्वाधार मर्मत तथा सम्भार शिर्षकमा बजेट विनियोजन गरिएको छ । 

यस्ता रंगशालाहरुलाई मर्मत गर्न भनेर ११÷१२ करोड रकम विनियोजन गरिएको जानकारी दिँदै मन्त्री चौधरीले त्यस मध्ये इटहरी रंगशालालाई पनि स्पष्ट बजेट तोकिएरै आउनेछ ।  

८ विगाहा क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न इटहरी रंगशाला लामो समय देखी प्रदेश तथा स्थानिय तहलाई हस्तान्तरण गर्नुपर्ने माग उठ्दै आएको थियो । 

इटहरी रंगशालामा यस अघि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता,कराते, तेक्वान्दो सहित अन्य केही खेलका अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् । 

नेपाली महिला राष्ट्रिय फुटबल तथा क्रिकेट टिमको बन्द प्रशिक्षण यहि रंगशालामा गरिएको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]