• जेठ ११, २०८२
  • जुनकिरी खबर

कोशीका डीआईजीले गरे सुनसरी प्रहरीको निरीक्षण

alt

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गरेका छन् । आइतवार निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पूर्ण शाखाहरूलगायत हिरासत कक्षको निरीक्षण गरेका हुन् । साथै, कार्यालय परिसरमा वृक्षारोपणसमेत गरिएको छ ।

निरीक्षणप्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरूसहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिए । निर्देशनको क्रममा उनले प्रहरीले प्रदान गर्ने सेवा नागरिकमैत्री, पीडितमैत्री तथा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आम नागरिकमा प्रहरीप्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी काम गर्न निर्देशन दिए ।

भाईचारा, बन्धुत्व, भातृत्व भाव र अनुशासित तवरले सकारात्मक सोचका साथ आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भूमिका निर्वाह गरी समाजमा शान्ति, सुरक्षा प्रदान गर्नसमेत उनले निर्देशन दिए ।

दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखीकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरूमा प्रहरी परिचालन गरी शान्ति, सुरक्षा कायम राख्न, पेण्डिङ मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता, सवारी दुर्घटना न्यूनीकरणको लागि लापसे, मापसे तथा ट्राफिक चेकिङमा कडाई, अज्ञानताको कारण समाजमा हुने घटनाहरूलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिए ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई सुनसरी जिल्लाको समग्र शान्ति, सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरी कार्यालयसँगको अपेक्षासहितको प्रस्तुतिकरण गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]