• जेठ १२, २०८२
  • जुनकिरी खबर

सुब्बा फुटसल कप इटहरीको उपाधि ग्रुप ई लाई

alt

प्रथम संस्करणको सुब्बा फुटसल कप इटहरीको उपाधि राम अधिकारीको समूह ग्रुप इ ले उचालेको छ । सुनसरी जिल्ला भित्र रहेका म्यानपावर कम्पनी र मेडिकल सेन्टर बिच आयोजना गरिएको प्रतियोगितामा म्यानपावर व्यवसायी तर्फबाट ग्रुप इ ले म्यानपावर व्यवसायीको ग्रुप सी लाई ४२ गोल अन्तरले उपाधि जितेको हो ।

शनिवार इटहरी ५ स्थित पाथीभरा फुटसल मैदानमा आयोजित प्रतियोगितामा उपाधि जित्दै ग्रुप इ ले ५० हजार रुपैयाँ नगद रनिङ सिल्ड ट्रफी र मेडल हात पार्न सफल भयो भने उपविजेता ग्रुप सी ले ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्न सफल भयो । त्यस्तै तेस्रो स्थानमा भने ग्रुप बिले २० हजार रुपैयाँ नगद र सिल्ड हात पार्यो ।

विजेता टिमहरूलाई प्रमुख अतिथि सुनसरी वैदेशिक रोजगार हकहित सङ्घका अध्यक्ष चंखमान तामाङ र आयोजक सगुन ओभरर्सिज सर्भिसेस प्रा।ली इटहरीका प्रबन्ध निर्देशक बिरेन सुब्बा तथा अतिथिहरूले पुरस्कार र नगद हस्तान्तरण गरेका थिए । यस्तै प्रतियोगिताको म्यान अफ द म्याच दीपक बस्नेत बन्न सफल भएका छन् । वेस्ट हाई स्कोरको उपाधि भने आसिक तामाङले जिते ।

राइजिङ प्लेयरको उपाधि देवेन्द्र गुरुङ, बेष्ट गोलकिपर सन्तोष थापा र वेस्ट प्लेयर दिल बहादुर लिम्बु बन्न सफल भएका थिए । सबैलाई विधागत ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा एक मेडिकल टिमसहित ६ वटा म्यानपावर कम्पनीको टिमबिच प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगिताको सह आयोजक सुनसरी मल्टिपल ट्रेनिङ सेन्टर र सनसाईन मेडिकल एन्ड डाईग्नोष्टिक सेन्टरले गरेको थियो । प्रतियोगितामा सुनसरी जिल्ला भरका म्यानपावर व्यवसायी र मेडिकल सेन्टरका सञ्चालकहरूको उपस्थिति रहेको थियो । आयोजक सगुन ओभर्सिज सर्भिसेस प्रा।लिका प्रबन्ध निर्देशक बिरेन सुब्बाले प्रथम संस्करणको रूपमा व्यवसायी र मेडिकल सेन्टरबिच प्रतिस्पर्धा गराइएको जानकारी दिए ।

यस्तै प्रत्येक वर्ष पुरस्कार राशि समेत वृद्धि गरिने र सुब्बा कपलाई सामाजिक रूपमा सबैमाझ जोड्दै जाने आफ्नो योजना रहेको सुब्बाले बताए । प्रतियोगिताले म्यानपावर व्यवसायीहरू बिचको एकता र सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने प्रबन्ध निर्देशक सुब्बाको भनाई छ ।

 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]