• जेठ १४, २०८२
  • जुनकिरी खबर

इटहरी-१२ मा रहेको तिरूपति प्लाइउड उद्योगमा आगलागी

alt

सुनसरी मोरङ औद्योगिक कोरिडोरअन्तर्गत इटहरी-१२ मा रहेको तिरूपति प्लाइउड उद्योगमा आगलागी भएको छ । राति साढे २ बजेदेखि सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहका एक दर्जन दमकल परिचालन गरिएको छ । 

दमकल टोली र सुरक्षा निकायको टोली आगो नियन्त्रणको प्रयासमा खटिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

उद्योग भित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल लगायतका सामग्री भएकाले आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]