• असार ५, २०८२
  • जुनकिरी खबर

श्रेयसी बनिन् ‘मिस एसइई इटहरी २०८१’ विजेता

alt

इटहरीमा शनिवार साँझ सम्पन्न ‘मिस एसइई इटहरी २०८१’ सौन्दर्य प्रतियोगिताको पाँचौँ संस्करणमा श्रेयसी भट्टराईले उपाधि जित्दै ताज पहिरिएकी छन् । लायन्स क्लब सभाहलमा आयोजित फिनालेमा उनले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट प्रस्तुति दिइन् र बहुपक्षीय उपाधिहरू हात पार्दै चम्किएकी हुन्।

श्रेयसीले मुख्य उपाधिसँगै ‘इन्टेलेक्चुअल’ सबटाइटल पनि जितिन् । उपाधिसँगै उनले एसबी मेकअप स्टुडियोको मेकअप तालिममा पूर्ण छात्रवृत्ति तथा सुष्मा गोदावरी कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्।

प्रतियोगितामा अदिति गुरागाईं फर्स्ट रनर अप घोषित भइन् भने पवित्रा कुँवर सेकेन्ड रनर अप बनिन्। दुवैले सुष्मा गोदावरी कलेजबाट ५० प्रतिशत छात्रवृत्तिसहित आकर्षक उपहारहरू प्राप्त गरे। अमीका घिमिरे थर्ड रनर अप घोषित भइन्।

कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री  खगेन सिंह हाङबाङ प्रमुख अतिथि थिए । प्रतिस्पर्धाको निर्णायक मण्डलको नेतृत्व मिस नेपाल २००५ सुगरिका केसी ले गरेकी थिइन्। सुष्मा गोदावरी कलेजको शिक्षा साझेदारीमा ‘ओपन स्पेस प्रालि’ द्वारा आयोजित कार्यक्रमले इटहरीको सांस्कृतिक र शैक्षिक वातावरणमा नयाँ ऊर्जा थपेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]